• News
  • वन मन्त्री शाही पिटर्सबर्ग क्लाइमेट...

वन मन्त्री शाही पिटर्सबर्ग क्लाइमेट डाइलगमा सहभागी , विश्वकाे ध्यान जलवायुकार्यमा जानुपर्नेमा जाेड

वन मन्त्री शाही पिटर्सबर्ग क्लाइमेट डाइलगमा सहभागी , विश्वकाे ध्यान जलवायुकार्यमा जानुपर्नेमा जाेड

बुधवार, चैत्र १२ २०८१
  • जर्मनीको बर्लिनमा  आयाेजित पिटर्सबर्ग क्लाइमेट डाइलगको साइडलाइनमा माननीय वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले COP29 का अध्यक्ष तथा अजरबैजानका वातावरण मन्त्री मुक्टार बाबायेभसँग द्विपक्षीय वार्ता गर्नुभएकाे छ । सो अवसरमा मन्त्री शाहीले काेप २९ को सफल आयोजनाका लागि धन्यवाद व्यक्त गर्दै ‘सगरमाथा संवाद’ मा सहभागी हुन औपचारिक निमन्त्रणा गर्नुभयो।
    बिगत १४ वर्षदेखि जर्मन सरकारले जलवायु परिवर्तनमा बहुपक्षीय भूमिका र अन्तर्राष्ट्रिय सहकार्यको महत्वलाई प्रवर्द्धन गर्न पिटर्सबर्ग क्लाइमेट डाइलग गर्दै आएको छ।

    जलवायु वार्ताहरूमा विशेष भूमिका रहेका देशहरूलाई आमन्त्रित गरिने यस संवादको १५औं संस्करणमा पहिलो पटक नेपाल सरकारका तर्फबाट वन तथा वातावरण मन्त्री शाही  सहभागी हुनुभएको हाे ।

    WhatsApp Image 2025-03-26 at 13.20.43.jpeg

    सम्बाेधनका क्रममा मन्त्री शाहीले  पृथ्वीको तापक्रम वृद्धिलाई सन्तुलनमा राख्नुपर्ने, कार्बन उत्सर्जन तत्काल घटाउनुपर्ने, जलवायु वित्त परिचालनलाई तीव्रता दिनुपर्ने  विषयमा प्राथमिकता दिन अनुरोध गर्नुभयो। साथै, नेपालमा आयोजना हुन लागेको ‘सगरमाथा संवाद’बारे जानकारी गराउदै सबैलाई सहभागिताका लागि आग्रह पनि गर्नु भयाे ।

    कार्यक्रममा मन्त्री शाहीसँगै जर्मनीका लागि नेपाली राजदूत शैल रुपाखेती, जलवायु विज्ञ सल्लाहकार मञ्जित ढकाल समेत सहभागी हुनुहुन्थ्याे।

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij