• News
  • पर्वतारोही निमा रिन्जी शेर्पा र पूर्णिमा...

पर्वतारोही निमा रिन्जी शेर्पा र पूर्णिमा श्रेष्ठ जलवायु अभियन्ता मनोनित

पर्वतारोही निमा रिन्जी शेर्पा र पूर्णिमा श्रेष्ठ जलवायु अभियन्ता मनोनित

मंगलवार, बैशाख ९ २०८२
  • संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) नेपालले जलवायु न्यायप्रति जनचेतना अभिवृद्धि गर्ने आफ्नो पहलअन्तर्गत दुई पूर्णिमा श्रेष्ठ र निमा रिन्जी शेर्पालाई जलवायु अभियन्ताका रूपमा मनोनित गरेको छ । 

    यूएनडीपीको सामाजिक सञ्जाल अभियानको पूर्वसन्ध्यामा पर्वतारोही द्वय शेर्पा र श्रेष्ठलाई जलवायु अभियन्ताका रूपमा मनोनित गरेको हो । यस सहकार्यले लैङ्गिक उत्तरदायी जलवायु न्यायमा क्रियाशील युवाहरूको नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने युएनडिपीको विश्वास रहेको छ । यस अभियानको मुख्य उद्देश्य महिला र आदिवासी समुदायजस्ता संवेदनशील समुदायहरूमा जलवायु परिवर्तनले परिरहेको असमान प्रभावहरूलाई उजागर गर्नु रहेको युएनडिपीको भनाइ छ । नेपालको विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य प्रभाव भएपनि नेपालका उच्च पहाडी र हिमाली क्षेत्रका वासिन्दाहरूले गम्भीर जलवायु असरहरूको सामना गर्नुपरेको छ । यो क्रमशः बढ्दै जाँदा हिमनदी खुम्चिँने र जैविक विविधताको ह्रास आउनेदेखि कृषि, स्वास्थ, खानेपानी, पूर्वाधार, शिक्षा र मानिसको जीवनयापनलाई समेत असर पर्ने देखिन्छ ।

    UNDP_ClimateInfluencerLaunch_22April20225-032849.jpg

    सन् २०२० मा यूएनडिपी र इसिमोडले तीन वर्ष लगाएर गरेको एक अध्ययनले नेपालमा २ हजार ३ सय २३ हिमताल छन् भने ४७ वटा हिमताल अति नै जोखिममा रहेको देखाएको छ । विश्वको हिमनदी प्रणालीको महत्वपूर्ण स्थान ओगटेका यी हिमालहरूलाई भविष्यका पुस्ताहरूका लागि सुरक्षित राख्न तत्काल सामूहिक प्रयास आवश्यक रहेको पनि युएनडिपीको सुझाव छ । —न्युज एजेन्सी नेपाल

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij