• News
  • सरकारले जलवायु परिवर्तन अनुकुलन तथा न्यूनीकरणका...

सरकारले जलवायु परिवर्तन अनुकुलन तथा न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने

सरकारले जलवायु परिवर्तन अनुकुलन तथा न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने

Climate News Nepal
बिहिवार, जेठ १७ २०८१
  • काठमाडाैं । सरकारले जलवायु परिवर्तन अनुकुलन तथा न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारले जलवायु परिवर्तन अनुकुलन तथा न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभएको हो ।

    उहाँले विपद् व्यवस्थापन र जलवायु अनुकुलनका कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउने बताउनुभयो । जलवायु परिवर्तनबाट परेको असरलाई एकीकृत र सन्तुलित रूपमा सम्बोधन गर्न राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्नुभयो । उहाँले जलवायु परिवर्तनबाट हिमाली र पर्वतीय क्षेत्रमा परेको प्रभावका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा संवाद गरी हिमाल जोगाऔं, मानवता बचाऔं अभियानलाई निरन्तरता दिइने पनि बताउनुभयो ।

    उहाँले भौतिक पूर्वाधार निर्माण गर्दा जलवायु परिवर्तन अनुकूलित पूर्वाधार निर्माण गर्ने, संघ, प्रदेश र स्थानीय तहबाट हुने भवन निर्माणमा जलवायु अनुकुलन तथा ऊर्जा दक्षता अभिवृद्धि गर्ने, जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा परेको प्रभाव न्युनिकरण र अनुकुलन हुनेगरी उपयुक्त प्रविधिको प्रयोग गर्ने बताउनुभयो ।

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij