• News
  • बगरखेतीले...

बगरखेतीले उकास्यो जीवनस्तर (फोटो फिचर)

बगरखेतीले उकास्यो जीवनस्तर (फोटो फिचर)

मंगलवार, कार्तिक १९ २०८२
  • बर्दिया, शम्भु थारु/ न्युज एजेन्सी नेपाल
    बर्दियाको गुलारिया नगरपालिका वडा नं. ५ का किसानले बबई नदीको किनारमा रहेको बगरमा खेती गरेर आम्दानी गर्न थालेका छन् । त्यसै खेर जाने बगरमा हिउँद तथा वर्षा दुवै समयमा खेती गरेर यहाँका किसानले मासिक १ लाख रुपैयाँसम्म कमाउने गरेका हुन् । नदीको  बगरमा गरिएको खेतीले बालापुरका किसानको आर्थिक जीवनस्तर फेरिएको छ । यहाँको २५ बिगाह क्षेत्रफल बगरमा २७ परिवारले खेती गर्दै आएका छन् । बालापुरस्थित बबई नदीको किनारमा गुलरिया वडा नम्बर ५ का २७ घर परिवारले हाल तिल, साग, सखरखण्ड, लौका, काउली र बन्दाको खेती गर्दै आएका छन् । हिउँदमा भने यहाँ किसानले खरबुजा, लौका र करेला खेती गर्ने गरेका छन् । स्थानीय गोपीलाल चौधरीको परिवारले ५ वर्षदेखि बगरमा खेती गर्दै आएको छ ।

    1762231497-2EIa3.jpg
    बर्दियाको गुलारिया नगरपालिका वडा नं. ५ का किसानले बबई नदीको किनारमा गरेको बगरमा खेती  ।

    बगरखेतीबाट आफूहरुले वार्षिक १२ लाख रुपैैयाँ आम्दानी गर्ने गरेको चौधरीले बताउनु भयो । मनसुनको समयमा बबई नदीमा आएको बाढीले नजिकको जमिनलाई बगर बनाइदिएपछि त्यही बगरमा स्थानीय किसानले मौसमी तथा बेमौसमी खेती गर्दै आएका छन् । स्थानीय चौधरीले २ बिगाहा क्षेत्रफलमा मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका छन् । विगतमा मजदुरी गर्ने आफ्नो परिवारको जीवन बगरखेतीले बदलेको उनको भनाइ छ । 

    1762231496-WGTSI.jpg
    बर्दियाको गुलारिया नगरपालिका वडा नं. ५ का किसानले बबई नदीको किनारमा गरेको बगरमा खेती  ।


    जलवायु उत्थानशिल कार्यक्रम अन्तर्गत प्राक्टिकल एक्शनले बगरखेतीको लागि बीउबिजन र कृषि विज्ञको साथै सिंचाईका लागि प्राविधिक सहयोग गर्दै आएको छ । समय समयमा हुने तालिम र बीउबिजनको सहयोगले खेती गर्नमा उत्साहित बनाएको चौधरीको भनाइ छ ।

    बर्दियाको गुलारिया नगरपालिका वडा नं. ५ का किसानले बबई नदीको किनारमा गरेको बगरमा खेती  ।


    त्यसैगरी, कैलालीको धनगढी नगरपालिका र टीकापुर नगरपालिकाका किसानले पनि बगर खेती गरेका छन् ।  धनगढी वडा नम्बर १९ पूर्वी ललितपुरका २१ जनाले बगरखेतीबारे तालिम लिएका छन् । उनीहरुले मोहना नदीको किनारमा खेती गर्दै आएका छन् । यस्तै टीकापुर वडा नम्बर ८ वनगाउँका ८ जना किसानले पनि बगरखेती गरिरहेका छन् । कर्णालीको बगरमा खेती गर्दै आउनुभएका रमेश चौधरी संस्थाले तालिम दिएपछि खेती सहज हुनुको साथै आम्दानी पनि बढेको बताउँछन् । छोराछोरीको पढाई र दैनीक खर्च धानेर केही रकम भविष्यलाई वचत पनि गरेको उनले बताए । –न्युज एजेन्सी नेपाल

    बर्दियाको गुलारिया नगरपालिका वडा नं. ५ का किसानले बबई नदीको किनारमा गरेको बगरमा खेती  ।
    बर्दियाको गुलारिया नगरपालिका वडा नं. ५ का किसानले बबई नदीको किनारमा गरेको बगरमा खेती  ।
    बर्दियाको गुलारिया नगरपालिका वडा नं. ५ का किसानले बबई नदीको किनारमा गरेको बगरमा खेती  ।
    बर्दियाको गुलारिया नगरपालिका वडा नं. ५ का किसानले बबई नदीको किनारमा गरेको बगरमा खेती  ।

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij