• News
  • जैविक...

जैविक तटवन्धले जोगियो बस्ती (फोटो फिचर)

जैविक तटवन्धले जोगियो बस्ती (फोटो फिचर)

Climate News Nepal
आइतवार, मंसिर ८ २०८२
  • हरेक वर्ष मनसुन शुरु हुनासाथ बाँके, बर्दिया, कञ्चनपुरका नदी तटिय क्षेत्रका बासिन्दाहरु त्रसित हुनुपथ्र्यो । गाउँ डुबानमा पथ्र्यो, खेतबारी बगर बन्थ्यो, घर छोडेर पशु–बालबच्चा बोकेर भाग्नुपथ्र्यो । तर अब त्यो डर हराएको छ । कारण– नदी किनारमा बाँस, घाँस र स्थानीय प्रजातिका बोटबिरुवाले बनाइएको २ सय २० मिटर लामो जैविक तटवन्ध । समुदायस्तरिय विपद् व्यवस्थापन समिति र स्थानीयको श्रमदानमा बनेको यो तटवन्धले कर्णाली र यसका शाखा नदीहरूको कटान तथा बाढी थेग्ने काम गरेको छ । बाँके, बर्दिया र कञ्चनपुरका दर्जनौं नदीतटीय गाउँहरूमा यस्तै जैविक तटवन्धले किसानको जीवन सहज बनाएको छ । जैविक तटवन्ध सस्तो, दिगो र वातावरणमैत्री मात्र होइन, स्थानीयले नै बनाउन र मर्मत गर्न सक्छन् । यो सफलताले बर्दियाका अन्य जोखिमयुक्त बस्तीहरूमा पनि यस्तै अभियान तिब्र बनेको छ । बाढीको कहर थेग्न अब स्थानीयको साथमा प्रकृतिको शक्ति पनि जोडिएको छ । आजको फोटो फिचरमा तटवन्ध जोगिएको बस्ती सम्बन्धी केही तस्बिरहरु । –न्युज एजेन्सी नेपाल

    समुदायका लागि जलवायु उथ्थानशिल कार्यक्रम अन्तर्गर्त शुक्लाफाँटा नगरपालिका १२, तिल्की कञ्चनपुरमा बनाइएको जैबिक तटबन्ध ।

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij