• News
  • श्रवण शक्ति कम भएकाहरुलाई वरिष्ता र...

श्रवण शक्ति कम भएकाहरुलाई वरिष्ता र बेकरी तालिम

श्रवण शक्ति कम भएकाहरुलाई वरिष्ता र बेकरी तालिम

सोमवार, मंसिर ९ २०८२
  • श्रवण शक्ति कम भएका (बहिरा) युवाहरुलाई वरिष्ता र बेकरी तालिम दिइएको छ । 
    शारीरिक रुपमा कमजोर भएका नागरिकहरुलाई पनि आयआर्जनको काममा जोडिनका लागि टेवा पु¥याउने उद्देश्यले उनीहरुलाई सो तालिम दिइएको हो । आय आर्जनको क्षेत्रमा काम गर्नका लागि टेवा पु¥याउने उद्देश्यले उनीहरुलाई पनि उद्यमशीलता र त्यसका लागि आवश्यक क्षमता अभिवृद्धिका लागि उत्प्रेरित गर्ने उद्देश्यले सो तालिम दिइएको नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) नेपालद्वारा सञ्चालित दिगो पर्यटन परियोजनाका प्रवन्धक धर्म दवाडीले जानकारी दिनुभयो । सो कार्यक्रमले शारीरिक रुपमा कमजोर भएकाहरुलाई पनि पर्यटन क्षेत्रको मूलधारमा ल्याउन सघाउ पु¥याउने उद्देश्य लिइएको पनि उहाँले बताउनु भयो । 
    प्रवन्धक दवाडीले भन्नुभयो,‘उहाँहरुलाई हाम्रे पर्यटनको मूल धारमा कसरी ल्याउने ? दिगो पर्यटनसँग कसरी जोडने ? भन्ने हिसावले हामीले गर्ने कार्यक्रमहरुमा अलि बही प्राथमिकता चाहीँ कमजोर वर्गलाई दिने गरेका छौँ । यसै अन्तर्गत हामीले यो २१ दिने वरिष्ता र बेकरी तालिम गरिरहँदा हाम्रो अपांगता भएका त्यसमा पनि बहिरा समुदायबाट श्रवण शक्ति कम भएका समुदाय । उहाँहरुलाई पर्यटनको मूलधारमा ल्याउन भोलि उहाँहरुले केही न केही आयआर्जन गर्ने वातावरण सृजना हुन सक्छ । यो हिसावले आय आर्जन गर्न टेवा पुग्छ भन्ने हिसावले हामीले यो तालिम दिएका हौँ ।’
    नेपाल हस्तकला महासंघ, बहिरा महासंघलगायतका संघ, संस्थाको समन्वयमा परियोजनाले उनीहरुलाई सो सम्बन्धि २१ दिन तालिम दिएको हो । पछाडि पारिएका नागरिकहरुलाई लक्षित गरी परियोजनाले क्षमता अभिवृद्धि र उद्यमशीलता विकासका लागि विभिन्न जानकारी तथा सीपमूलक कार्यक्रमहरु गर्दै आएको बताइएको छ । –न्युज एजेन्सी नेपाल
     

     

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij