ठमेलस्थित पकनाजोलमा चिलपिल जोन रेष्टुरेण्ट एण्ड बार सञ्चालनमा आएको छ ।
बुधवार एक कार्यक्रमबीच उक्त रेष्टुरेण्टको उद्घाटन गरिएको हो । यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरुको सामुहिक लगानीमा रेष्टुरेण्ट सञ्चालनमा ल्याइएको हो । नेपाल पर्यटन बोर्ड र दिगो पर्यटन परियोजनाको सहकार्यमा सञ्चालित वारिस्ता तालिममा सहभागी भएपछि उनीहरुले सामुहिक लगानीमा रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् । बोर्डले आयोजना गरेको तालिममा २४ जना यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरुले तालिम लिएका थिए । रेन्टुरेण्ट सञ्चालक सुरेन्द्र पाण्डेले यौनिक तथा अल्पसंख्यक नागरिकलाई होटल व्यवसाय सञ्चालनको लागि पर्यटन बोडले सहयोग गरेको बताउनु भयो । उहाँले जागिर नभएर बसेका व्यक्तिहरुलाई होटल क्षेत्रमा काम गर्न तालिमले सहयोग गरेको पनि बताउनु भयो । बोर्डले दिएको तालिमकै आधारमा पाँच जना मिलेर रेष्टरेन्ट सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो । रेष्टुरेण्टमा तीन जनालाई रोजगारी दिएको जानकारी दिनुहुँदै उहाँले ३० जना बस्नमिल्ने गरि बनाईएको बताउनु भयो ।
बाबुथुमी राईले वारिस्ता तालिम लिएपछि केही समय के गर्ने भन्नेमा दोधारमा रहेको र साथीहरुसँग मिलेर रेस्टुरेण्टमा सञ्चालनमा ल्याएको बताउनु भयो । अन्य स्थानमा जागिरका लागि पनि सहज नभएको बताउनु भयो । उहाँले आफूलाई यौन व्यवसाय गर्न मन नलागेर वारिष्ता तालिम लिएको बताउनु भयो । उहाँले पाँच जनाले ऋण लिएर रेस्टुरेण्ट सञ्चालनमा ल्याएको र विस्तारै यसका शाखाहरु पनि विस्तार गर्दै लैजाने सोच बनाएको बताउनु भयो । उहाँले रेन्टुरेन्टमा सकेसम्म नेपालका उत्पादनलाई प्राथमिकता दिने जानकारी दिनुभयो ।
रेष्टुरेण्टको उद्घाटनले विश्वभरी रहेका यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरु नेपालमा आउँदा उनीहरुलाई सहज हुने र यस्ता समुदायका व्यक्तिहरुलाई रोजगारी पनि सिर्जना हुने विश्वास गरिएको छ । – न्युज एजेन्सी नेपाल