तस्बिर :- अनुप प्रधान
विश्वकै सर्वाधिक लोकप्रिय खेल फुटबल र जलवायु परिवर्तनको मुद्दालाई जोड्दै काठमाडौंमा युवाहरूले ‘नेट जिरो’ को सन्देश दिएका छन् ।
‘जलवायु कार्य, विश्वकप र युवा सहभागिता’ विषयक उक्त कार्यक्रममा सहभागी युवाहरूले फुटबलको रणनीतिक कौशललाई जलवायु संरक्षणको मैदानमा उतार्दै विश्वका नेताहरूलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । प्रकृति रिसोर्सेस सेन्टरद्वारा आयोजित कार्यक्रममा युवाहरूले फुटबलको मैदानमा रहने रक्षापंक्ति, मिडफिल्ड र फरवार्डको भुमिकालाई जलवायु कार्यका सरोकारवालाहरूसँग तुलना गरेका थिए । यसै क्रममा पेरिस सम्झौता र जलवायु कोषहरूबाट अलग रहने अमेरिकी नीतिप्रति लक्षित गर्दै युवाहरूले जिम्मेवारीबाट बाहिरिए पराजय भोग्नुपर्ने सांकेतिक चेतावनी समेत दिएका थिए ।













