• News
  • त्रिशूली–बेत्रावती सडक मर्मत तिब्रः ५०० मिटर...

त्रिशूली–बेत्रावती सडक मर्मत तिब्रः ५०० मिटर सडक नदीले बगाउँदा नयाँ ट्रयाक खोल्नुपर्ने

त्रिशूली–बेत्रावती सडक मर्मत तिब्रः ५०० मिटर सडक नदीले बगाउँदा नयाँ ट्रयाक खोल्नुपर्ने

सोमवार, भाद्र १५ २०८३
  • रसुवागढी जोड्ने सडकको त्रिशूली–बेत्रावती खण्ड मर्मत कार्यलाई सडक विभागले तिब्रता दिएको छ । 
    सडक विभागको योजना महाशाखा प्रमुख शुभराज न्यौपानेकाअनुसार टोलीले बिहान साढे ६ बजेदेखि सूर्यास्तसम्म निरन्तर काम गरिरहेको हो । मर्मतका क्रममा मेसिनहरूले तिर्तिरे भीर पार गरिसकेका छन् र अब बेत्रावती पुग्न करिव ३ किलोमिटर सडक खण्ड बाँकी छ । यद्यपि, बेत्रावती नजिकैको करिव पाँच सय मिटर सडकखण्ड त्रिशूली नदीले पूर्ण रूपमा कटान गरी बगाएकाले मर्मत कार्यमा चुनौती थपिएको छ । न्यौपानेकाअनुसार बाढी र तिब्र बहावका कारण नदीले आफ्नो धार परिवर्तन गरी सडक भएकै स्थानबाट बग्न थालेको छ । उक्त खण्डमा नयाँ ट्रयाक निर्माणका लागि विभागले वैकल्पिक योजनासहित ब्रेकर र अन्य मेसिनहरू परिचालन गरेको छ भने आवश्यकता अनुसार ब्लास्टिङ (विष्फोट) गर्ने तयारी समेत गरिएको छ ।
    उहाँले भन्नुभयो, ‘पहिले सडक भएको ठाउँमा अहिले खोला बगिरहेको छ, त्यसैले त्यहाँ नयाँ एलाइनमेन्टसहितको ट्रयाक खोल्नुपर्ने अवस्था छ ।’
    विभागले भोलि बेलुकासम्म बेत्रावती पुग्ने लक्ष्य राखेको भएपनि बाढीले सडकमा पु¥याएको ठूलो क्षतिका कारण केही समय थप लाग्न सक्ने देखिएको छ । हाल शुभराज न्यौपानेको नेतृत्वमा त्रिशूलीदेखि बेत्रावती हुँदै स्याँफ्रुबेंसीसम्मको सडक सुचारु गराउन विभागको टोली कार्यक्षेत्रमा खटिएको छ । –न्युज एजेन्सी नेपाल

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij