• News
  • रसुवा बाढीः नेपाली सेनाद्वारा १२३ जनाको...

रसुवा बाढीः नेपाली सेनाद्वारा १२३ जनाको सकुशल उद्धार

रसुवा बाढीः नेपाली सेनाद्वारा १२३ जनाको सकुशल उद्धार

मंगलवार, भाद्र १६ २०८३
  • भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएका १ सय २३ जनालाई नेपाली सेनाले आज बिहान हेलिकप्टरमार्फत सकुशल उद्धार गरेको छ ।
    नेपाली सेनाकाअनुसार रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनाको उद्धार गरिएको हो । उद्धार गरिएकाहरूमध्ये २१ जना भारतीय पर्यटक र ८ जना अन्य विदेशी नागरिक रहेका छन् । सेनाले विदेशी नागरिकहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरेको छ भने अन्यलाई जिल्ला सदरमुकाम धुन्चे पु¥याउने प्रक्रिया अघि बढाएको छ । यसैगरी, रसुवाकै हाकुस्थित जलविद्युत् आयोजनाको सुरुङ (टनेल) मा फसेका सात जनालाई पनि जीवितै उद्धार गरिएको छ । सोही आयोजनाका अन्य तीनवटा सुरुङमा रहेका व्यक्तिहरूको उद्धार कार्य अहिले पनि जारी रहेको नेपाली सेनाले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा सेनाले हवाई र स्थल दुवै मार्गबाट उद्धार तथा राहत कार्यलाई तिब्रता दिएको छ ।–न्युज एजेन्सी नेपाल

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij