• News
  • आगामी दिनमा जलवायुजन्य विपद्का घटनाहरुमा उल्लेख्य...

आगामी दिनमा जलवायुजन्य विपद्का घटनाहरुमा उल्लेख्य वृद्धि हुने विज्ञहरुको चेतावनी

आगामी दिनमा जलवायुजन्य विपद्का घटनाहरुमा उल्लेख्य वृद्धि हुने विज्ञहरुको चेतावनी

शुक्रवार, आश्विन ११ २०८१
  • जलवायु विज्ञहरुले विपद्जन्य हानी तथा नोक्शानीका कारण नेपालले विगत ८ वर्षमा करिव साढे १८ करोड अमेरिकी डलर बराबरको नोक्शानी भोगेको बताएका छन् ।


    मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा विज्ञहरुले आउने दिनमा जलवायुजन्य विपद्का घटनाहरुमा उल्लेख्य वृद्धि हुने बताए । बाढी, पहिरो, समुन्द्री आँधी लगायतका घटनाहरु बढी भन्दा बढी वृद्धि हुने उनीहरुले बताए । कार्यक्रममा बोल्दै जलवायु विज्ञ एवं प्रकृति रिसोर्स सेन्टरका निर्देशक प्रविनमान सिंहले आगामी दिनमा बाढी, पहिरो लगायतका घटनाहरुमा वृद्धि हुने बताउनु भयो । उहाँले विपद्जन्य घटनाले मानवीय र प्राकृतिक प्रणालीमा ठूलो असर पुग्ने बताउनु भयो । उहाँले जलवायुजन्य विपद्का कारण मानवीय र आर्थिक क्षतिका साथै सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि बढी असर परेको बताउनु भयो । 
    उहाँले भन्नुभयो, ‘बाढीपछिको मेलम्चीमा आर्थिक तथा सामाजिक हिसावले कस्ता असर छन् । अब आउँदा दिनहरुमा एक्स्ट्रिम क्लाइमेट इभेण्टका घटनाहरु बढ्दै जानेछन् भन्ने खालको एउटा निस्कर्ष निकालिएको छ । बाढी, पहिरो, समुन्द्री आँधी वा त्यस्ता घटनाहरु बढ्दै जाने र त्यस घटनाहरुले प्राकृतिक मानवीय प्रणालीमा असर पर्दछ । भन्नेखालको कुरा आइपीसिसीले निकालेको निस्कर्ष हो । यसको ज्वलन्त उदाहरण मेलम्चीको बाढीलाई हेर्नसक्छौँ । लस एण्ड ड्यामेजको कुरा गर्दा जलवायु परिवर्तनसँग सम्बन्धित युएनएफसिसिसीले कस्ता खालका लस एण्ड ड्यामेज हनसक्छन् भन्दा दुई वटा क्याटागोरीमा लस एण्ड ड्यामेजलाई छुट्याएको छ । एउटा आर्थिक हानी तथा नोक्शानी छ । अर्को गैरआर्थिक हानी तथा नोक्शानी छन् । घर, जग्गा,जमिनमा भएको क्षति, गाईवस्तुमा भएको क्षतिलाई आर्थिक हानी तथा नोक्शानीमा सम्बोधन गरेका छाँै । तर गैर आर्थिक हानी तथा नोक्शानीका कुराहरु त्यहाँ आएको सामाजिक, सांस्कृतिक कुरामा, वातावरणमा असर परेको छ । त्यसमा थोरै मात्रै सम्बोधन गरेका छौँ । जलवायु परिवर्तनबाट भएका नकारात्मक असरहरु जसले मानव र प्राकृतिक प्रणालीमा असर पर्दछ । नेपालले लस एण्ड ड्यामेजमा विगत ८ वर्षमा करिव साढे १८ करोड अमेरिकी डलर बराबरको नोक्शानी भोगेको छ ।’


    निर्देशक सिंहले मेलम्चीको बाढीका कारण प्राकृतिक श्रोत, इकोसिस्टम, आर्थिक, सामाजिक, सांस्कृतिक असरहरु बढी भएको बताउनु भयो । उहाँले बाढीका कारण प्राकृतिक सौन्दर्यतामा पनि असर परेको बताउनु भयो । उहाँले बाढीका कारण बसाईंसराईको समस्या समेत बढेको बताउनु भयो । बाढीले घरायसी काममा महिलाहरुको बोझ झनै थपिएको बताउनु भयो । 

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij