• News
  • भोटेकोशी बाढीः शव पहिचान र घाइतेको...

भोटेकोशी बाढीः शव पहिचान र घाइतेको स्वास्थ्य अवस्था बुझ्न अस्पतालहरूमा आफन्तको भीड

भोटेकोशी बाढीः शव पहिचान र घाइतेको स्वास्थ्य अवस्था बुझ्न अस्पतालहरूमा आफन्तको भीड

Climate News Nepal
बिहिवार, भाद्र १८ २०८३
  • रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको शव बुझ्न मृतकका आफन्तहरू विभिन्न अस्पताल पुग्ने क्रम बढेको छ ।
    काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा शव पहिचान र संकलनका लागि आफन्तहरू प्रतीक्षारत छन् । त्यसैगरी, बाढीमा परी घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र उपचार प्रक्रिया बुझ्न पनि अस्पतालहरूमा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ । विपत्तिका कारण आफ्ना सदस्य गुमाएका र घाइते भएकाहरूका परिवारजन यतिबेला अस्पतालका विभिन्न विभागहरूमा भौँतारिनुपर्ने अवस्था सिर्जना भएको छ । –न्युज एजेन्सी नेपाल

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij