• News
  • चीनको सिजाङमा पहिरोः उद्धार टोली अति...

चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो

चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो

Climate News Nepal
बिहिवार, भाद्र १८ २०८३
  • चीनको दक्षिण–पश्चिमी क्षेत्र सिजाङ (तिब्बत) को केरुङ काउन्टीमा गएको विनाशकारी पहिरोपछि शुक्रवार उद्धार टोली अति प्रभावित क्षेत्रमा पुगेको छ । गत बुधवार गएको भीषण पहिरोका कारण सो क्षेत्रको भौगोलिक अवस्था नराम्ररी क्षतिग्रस्त भएको छ । उद्धारका क्रममा अग्नि नियन्त्रकहरूले डोरी, डुङ्गा र ड्रोनको प्रयोग गरी कठिन मार्गहरू पार गर्दै प्रभावित स्थलसम्म पहुँच पु¥याएका छन् । जटिल भूबनोट र ठूलो क्षतिका बाबजुद उद्धारकर्मीहरूले खोज तथा राहत कार्यलाई तिब्रता दिएका छन् ।
    सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij