• News
  • पृथ्वी राजमार्ग सुचारु गर्न तिब्र प्रयासः...

पृथ्वी राजमार्ग सुचारु गर्न तिब्र प्रयासः आज साँझसम्म पूर्ण सञ्चालनमा आउने

पृथ्वी राजमार्ग सुचारु गर्न तिब्र प्रयासः आज साँझसम्म पूर्ण सञ्चालनमा आउने

Climate News Nepal
बिहिवार, भाद्र १८ २०८३
  • त्रिशूली नदीमा आएको भीषण बाढी र पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्ड सुचारु गर्न निर्माण व्यवसायीका उपकरणहरू प्रयोग गरी मर्मत कार्यलाई तिब्रता दिइएको छ ।  
    धादिङको गल्छीदेखि मुग्लिनसम्मका विभिन्न स्थानमा थुप्रिएको हिलो र पहिरो पन्छाउने कार्य जारी रहेको हो । सडक विभागकाअनुसार राजमार्गका विभिन्न खण्डमा निर्माण व्यवसायीका २५ भन्दा बढी हेभी इक्विपमेण्ट तथा यान्त्रिक उपकरणहरू परिचालन गरिएको छ । बाढीले पृथ्वी राजमार्गको करिव १५ किलोमिटर सडक खण्डमा क्षति पु¥याएको छ । यसका साथै सडक स्तरोन्नतिको काममा प्रयोग भइरहेका निर्माण व्यवसायीका पिच प्लान्ट र अन्य उपकरणहरू समेत बाढीले बगाएको छ । सडक विभागका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलले सडक विभागसँग पहिरो पन्छाउने अनुभव भएपनि हिलो र लेदो व्यवस्थापनमा केही जटिलता आएको बताउनु भयो । उहाँकाअनुसार निर्माण व्यवसायीका पर्याप्त हेभी मेसिनरी प्रयोग गरेर बैरेनीको १४ सय मिटर र जरेखेतको ४ सय मिटर सडक खण्डमा जमेको हिलो सफा गरी यातायात सुचारु गरिसकिएको छ । 
    यद्यपि, जरेखेत क्षेत्रमा सवारी आवागमनमा अझै केही समस्या रहेको र पोखरे, बाँगे तथा गलौँदी क्षेत्रको करिब ७ सय मिटर सडकमा यातायात सञ्चालन हुन बाँकी रहेको छ । सडक स्तरोन्नतिको जिम्मेवारी पाएको शर्मा–लामा जेडआईइसी कम्पनीको उपकरणहरू परिचालन गरी अवरोध हटाउने कार्य भइरहेको छ । इन्जिनियर पौडेलले आज साँझसम्म पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij