• News
  • धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी,...

धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन

धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन

Climate News Nepal
शुक्रवार, भाद्र १९ २०८३
  • धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उच्चस्तरीय टोलीले आवश्यक तयारी पूरा गरेको छ । 
    मासटारदेखि धादिङबेँसीसम्मको वैकल्पिक मार्ग सञ्चालनका लागि मन्त्रालयका सचिव गोपाल सिग्देल नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरी आवश्यक प्रक्रिया अघि बढाएको हो । अनुगमन टोलीमा सडक विभागका महानिर्देशक डा. विजय जैसी, सङ्घीय सडक सुपरीवेक्षण कार्यालय काठमाडौंका प्रमुख सौजञ्य नेपाल र सडक डिभिजन नुवाकोटका प्रमुख बद्री शर्मा लगायतको सहभागिता रहेको थियो । टोलीले त्रिशूली नदीको किनारै किनार करिव १५ किलोमिटर पैदल यात्रा गरी वैकल्पिक मार्गको पहिचान र सडकको अवस्थाबारे जानकारी लिएको हो । उक्त वैकल्पिक सडकमा साना सवारीसाधनहरू आजैदेखि सञ्चालनमा आइसकेका छन् । ठूला तथा मालवाहक सवारीसाधन समेत सञ्चालन गर्न मिल्ने गरी हाल सडक स्तरोन्नति (अपग्रेडिङ) को कार्य तिब्र गतिमा भइरहेको प्राविधिक टोलीले जनाएको छ । सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि धादिङबेँसीको यातायात आवागमन थप सहज हुने विश्वास लिइएको छ ।–न्युज एजेन्सी नेपाल

     

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij