नेपाल मौसम विज्ञान विभागका अनुसार आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/ चट्याङ/ हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव आउने तथा शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीका लागि निम्न कार्य गर्न/गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ।
