• News
  • जलवायु परिवर्तनको असरले नागरिकको जीवन पद्धति...

जलवायु परिवर्तनको असरले नागरिकको जीवन पद्धति नै खल्बलियोः मुख्यमन्त्री सिंह

जलवायु परिवर्तनको असरले नागरिकको जीवन पद्धति नै खल्बलियोः मुख्यमन्त्री सिंह

आइतवार, कार्तिक ११ २०८१
  • मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु परिवर्तनको असरका कारण मधेस प्रदेशका नागरिकको जीवन पद्धति नै खल्बलिएको बताउनुभएको छ । 
    शनिवार काठमाडौंमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनको असर जीवनपद्धति नै खल्बलिने गरी सतहमा देखिएको बताउनु भयो । उहाँले मधेस प्रदेशमा केही वर्ष यता औषत तापक्रम वृद्धि भइ जनजीवन अस्तव्यस्त बनिरहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको असरले कृषि क्षेत्र प्रभावित भइ जीवनको उत्पादकत्व घट्नु, खाद्यसंकट बढ्नु, गरिबी बढ्नुका साथै जीविकोपर्जनमा समेत समस्या भएको उल्लेख गर्नुभयो । प्रदेशमा स्वास्थ्यसम्बन्धी समस्या वृद्धि भएको र पानीका श्रोत सुक्दै जाँदा खानेपानी, सिंचाईका लागि जल संकट भएको मुख्यमन्त्री सिंहको भनाइ छ । 


    उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्दै वातावरण संरक्षण, पर्याप्त र परिणामुखी काम गर्नसके मधेस प्रदेशलाई कृषि, उद्योग र पर्यटन जस्ता क्षेत्रमा अग्रणी बनाउन सकिन्छ । जलवायु परिवर्तनको असरबाट देशका अन्य भूभाग अछुतो छैनन् । तर मधेस प्रदेशमा यसको प्रभाव जीवन पद्धति नै खल्बलिने गरी सतहमा देखा परिरहेको छ । केही वर्ष यता औषत तापक्रम वृद्धि भइ जनजीवन अस्तव्यस्त बनिरहेको छ । कृषि क्षेत्र प्रभावित भइ जीवनको उत्पादकत्व घट्न्, खाद्यसंकट बढ्नु, गरिबी बढ्नुका साथै जीविकोपर्जनमा समेत समस्या भएको छ । प्रदेशमा स्वास्थ्यसम्बन्धी समस्या वृद्धि भएको छ भने पानीका श्रोत सुक्दै जाँदा खानेपानी, सिंचाईका लागि जल संकट नै उत्पन्न भइरहेको छ । शितलहर, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, खडेरी, हावाहुरी जस्ता प्राकृतिक प्रकोपका घटना बढेका छन् ।’


    मुख्यमन्त्री सिंहले जलवायु परिवर्तनको असर कम गर्न सबै स्थानीय तहमा कम्तिमा १० प्रतिशत हरियाली कायम गर्न आवश्यक रहेकाले विभिन्न कार्यत्रमm अघि बढाएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij