• News
  • जलवायु अनुकुलनको क्षेत्रमा थप कार्य गर्न...

जलवायु अनुकुलनको क्षेत्रमा थप कार्य गर्न आवश्यकः वनमन्त्री ठकुरी

जलवायु अनुकुलनको क्षेत्रमा थप कार्य गर्न आवश्यकः वनमन्त्री ठकुरी

मंगलवार, कार्तिक १३ २०८१
  • वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु अनुकुलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक रहेको बताउनुभएको छ । 


    शनिवार काठमाडौंमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्थानीय स्तरमा जलवायु संकटसँग जुध्न र नेपालले बढी भन्दा बढी फाइदा लिन स्थानीय स्तरमा जलवायु अनुकुलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले जलवायु परिवर्तनले दैनिक जनजीवनमा गम्भीर असर परिरहेको यथेष्ठ प्रमाणहरु नेपालसँग रहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनका कारण खानेपानीका श्रोतहरु सुकिरहेको, कृषि र बाली उब्जनी घटिरहेको, हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम घट्दै गएको बताउनु भयो । 


    उहाँले भन्नुभयो, ‘स्थानीय स्तरमा जलवायु संकटसँग जुध्न र नेपालले बढी भन्दा बढी फाइदा लिन स्थानीय स्तरमा जलवायु अनुकुलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक छ । जलवायु परिवर्तनले दैनिक जनजीवनमा गम्भीर असर परिरहेको यथेष्ठ प्रमाणहरु छन् । जस्तै खानेपानीका श्रोतहरु सुकिरहेको अवस्था छ । कृषि र बाली उब्जनी घटिरहेको, हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम घट्दै गएको छ । बाढी, पहिरो लगायतका जलवायुजन्य विपत्तिहरुले निरन्तर पु¥याइरहेको क्षतिका बारेमा विभिन्न जिल्लाहरुबाट आउनुभएका जनप्रतिनिधि, स्थानीयवासी, सञ्चारकर्मीहरुलाई थाहा नै छ ।’


    मन्त्री ठकुरीले खेतीपाती र खाद्य सुरक्षा, पानीको श्रोत, पर्यटन र स्वास्थ्य लगायत समग्र अर्थतन्त्रमा जलवायु परिवर्तनका दुष्परिणामहरु देखिएको बताउनु भयो । जलवायु परिवर्तनबाट परेका असरहरुको समाधानका लागि एकीकृत भइ सबैले सहकार्य गर्न आवश्यक रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij