• News
  • जलवायु परिवर्तनले पारेका असरमा विकसित...

जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन महासचिव गुटेरेसलाई राष्ट्रपति पौडेलको आग्रह

जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन महासचिव गुटेरेसलाई राष्ट्रपति पौडेलको आग्रह

सोमवार, मंसिर ३ २०८१
  • कृष्णा पौडेल—अजरबैजान/बाकु (न्युज एजेन्सी नेपाल)। राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरेसलाई आग्रह गर्नुभएको छ । 
    अजरबैजानमा जारी कोप २९ को साइडलाइन मिटिङका दौरान उहाँले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरको न्युनिकरणका लागि विकसित देशहरुबाट अनुदान उपलब्ध गराउन पनि आग्रह गर्नुभएको छ । सोमवारदेखि अजरबैजानको बाकुमा जारी कोप २९ को सम्मेलन अन्र्तगत संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्र÷सरकार प्रमुखहरूसँग आज यहाँ गर्नुभएको सामुहिक भेटघाट कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो आग्रह  गर्नुभएको हो । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलकाअनुसार राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको समस्या अहिले नेपालजस्ता मुलुकलाई  परेको तर विकसित देशहरुलाई पनि यो समस्या आउँदैछ भनेर राष्ट्रसंघले सम्झाइदिनुपर्नेमा जोड़ दिनुभएको छ । राष्ट्रपति पौडेलले अल्पविकसित तथा विकासोन्मुख मुलुकहरूले उनीहरूको कुनै योगदान नै नभएको विकराल समस्या बनेको जलवायु परिवर्तनबाट बच्न विकसित देशहरूबाट उल्लेख्य सहयोग पाउन नसकेको बताउनु भयो । उहाँले अल्पविकसित तथा विकासोन्मुख देशहरूलाई अनुकूलन तथा न्यूनीकरणका लागि यथेष्ट आर्थिक तथा अन्य सहयोग जुटाउन संयुक्त राष्ट्रसंघले अझ प्रयास गनुपर्नेमा जोड दिनुभएको छ । —न्युज एजेन्सी नेपाल

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij