• News
  • देशभित्रका समस्या समाधानका लागि दुई ठूला...

देशभित्रका समस्या समाधानका लागि दुई ठूला राजनीतिक दल मिलेका हौँः परराष्ट्रमन्त्री राणा

देशभित्रका समस्या समाधानका लागि दुई ठूला राजनीतिक दल मिलेका हौँः परराष्ट्रमन्त्री राणा

Climate News Nepal
शुक्रवार, पौष १२ २०८१

  • परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशमा सुशासन स्थापित गर्न दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताउनुभएको छ ।


    बिहीवार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री देउवाले सरकारले नागरिकका मुद्दाहरुमा काम गरिरहेको बताउनुभएको हो । उहाँले दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाउँदा धेरैले आलोचना गरेपनि अहिले सरकारले गरेका कामहरुबाट खुशी भएको उल्लेख गर्नुभयो । उहाँले नागरिकका समस्यासँग अहिलेको सरकार राम्रोसँग जानकार रहेको र समाधानको काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले देशमा आएका संकटहरुको समाधानका लागि काँग्रेस र एमाले मिलेर सरकार बनाएको बताउनु भयो । उहाँले वर्तमान सरकारले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि पनि उल्लेख्य काम गरिरहेको बताउनु भयो । जलवायु परिवर्तनसँग सम्बन्धित लस एण्ड ड्यामेज फण्ड र क्लाइमेट फाइनान्सको प्राप्तिका लागि कर्मचारीतन्त्रबाट बढी सक्रियतापूर्वक काम हुनुपर्ने बताउनु भयो । 


    उहाँले भन्नुभयो, हाम्रो दुई वटा दल मिलेर सरकार बनाउँदा धेरै मान्छेहरु अलिकति सक्ड नै भएका थिए । सबैभन्दा धेरै प्रतिष्पर्धामा हुने पार्टीहरुले किन सरकार बनायो होला त ? ठिक यस्तै कुराहरुलाई एड्रेस गर्न । धेरै ठाउँमा हामीलाई इस्युज थाहा छ, रेस्पोन्स पनि थाहा छ तर हामी त्यहाँ पुग्नै सक्दैनौँ । अहिले पनि जुन फण्डहरुको कुराहरु गरिरहेका छौँ । जुन क्लाइमेट फाइनान्सको कुरा गरिरहेका छौँ । लस एण्ड ड्यामेज फण्डका कुराहरु गरिरहेका छौँ, त्यसमा हामी कसरी पुग्ने त ? त्यसको लागि हामी पोल्टिकल मान्छेहरुको छोटो लाइफ हुन्छ, तर इन्टेन्सन जहिले पनि सही हुनुपर्छ । पर्मानेन्ट सरकारले मात्रै कार्यान्वयन गर्नसक्छ ।’


    परराष्ट्रमन्त्री राणाले भविष्यको लागि सोचेर रणनीति बनाउनुपर्ने बताउनु भयो । उहाँले देशको आवश्यकता हेरेर एक्शनमा जानुपर्ने बताउनु भयो ।—न्युज एजेन्सी नेपाल

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij