• News
  • जलवायु परिर्वतन व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा...

जलवायु परिर्वतन व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा डा. ढकाल

जलवायु परिर्वतन व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा डा. ढकाल

बिहिवार, पौष २५ २०८१
  • वन तथा वातावरण मन्त्रालयका सहसचिव डाक्टर महेश्वर ढकालले जलवायु परिर्वतन व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ । उमेर हदका कारण डाक्टर सिन्धु ढुंगानाको कार्यावधि पुस १० गते सकिएपछि महाशाखा प्रमुखको पद रिक्त थियो । 


    ढकाल अतिकम विकसित राष्ट्र समूहको तर्फबाट लस एण्ड ड्यामेज फण्ड बोर्डको वैकल्पिक बोर्ड सदस्य समेत हुनुहुन्छ । राष्ट्रिय जलवायु नीति २०७६ र राष्ट्रिय अनुकुलकन योजना निर्माणमा नेतृत्वदायी भुमिका खेलेका ढकाल नीति निर्माणमा विशेष दख्खल राख्नुहुन्छ ।


    सन् २०१८ देखि संयुक्त राष्ट्रघीय महासभाका विभिन्न अन्तर्राष्ट्रिय सभा सम्मेलनमा नेपालको तर्फबाट अर्थपूर्ण सहभागीता जनाउदै आउनुभएका ढकालसँग वातावरण सम्बन्धी बहुपक्षीय सन्धि सम्झौता, जैविक विविधताको क्षेत्रमा भारत र चीनसँगको अन्तर सीमा समन्वय र सहकार्य गरेको कार्यानुभव छ । त्यसैगरी उहाँले सन् २०१५ देखि १८ सम्म रामसार र सन् २०१७ देखि १९ सम्म साईटिस महासन्धिको स्थायी प्रतिनिधि भई काम गरिसक्नुभएको छ । 


    विक्रम संवत २०६५ मा जापानबाट वातावरणीय अर्थशास्त्रमा विद्यावारिधी गरेका  ढकाल  २०६६ मा नेपाल सरकारको उपसचिव पदबाट निजामति सेवामा प्रवेश गर्नुभएको हो । राष्ट्रिय निकुञ्ज विभागको इकोलोजिस्टमा कार्यरत रहदा उहाँले वन्यजन्तुको अध्ययन अनुसन्धान, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन र जैविक विविधता संरक्षण नीति र रणनीति बनाउने कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो । उहाँले राष्ट्रिय निकुञ्ज विभागको महानिर्देशक, राष्ट्रपति चुरे मधेस तराई संरक्षण विकास समितिको सदस्य सचिव, गण्डकी प्रदेशको सचिव तथा वन तथा वातावरण मन्त्रालयका सबै महाशाखामा रहेर काम गरिसक्नुभएको छ ।

     

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij