• World Social Fourm 2024
  • विश्व जलवायु न्यायसम्बन्धी घोषणापत्र : पर्वतीय...

विश्व जलवायु न्यायसम्बन्धी घोषणापत्र : पर्वतीय क्षेत्रलाई प्राथमिकतामा राख्न विश्व समुदायको ध्यानाकर्षण

विश्व जलवायु न्यायसम्बन्धी घोषणापत्र : पर्वतीय क्षेत्रलाई प्राथमिकतामा राख्न विश्व समुदायको ध्यानाकर्षण

Climate News Nepal
बिहिवार, जेठ १७ २०८१
  • काठमाडौँ : जलवायु क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुले पर्वतीय क्षेत्रको विकासलाई प्राथमिकतामा राख्न माग गर्दै काठमाडौँ घोषणापत्र जारी गरेका छन्। 

    काठमाडौँमा भएको विश्व समाजिक मञ्चको १६औँ संस्करणमा भएको दुई दिने विश्व जलवायु न्यायसम्बन्धी सम्मेलनले काठमाडौँ घोषणा पत्र जारी गरेको हो। 

    विभिन्न १२ वटा संस्थाहरुले संयुक्त रुपमा गरेको दुई दिने जलवायु सम्मेलनले जलवायु परिवर्तनका विभिन्न आयाम, प्रभाव, वित्त परिचालनको संयन्त्र र लक्षित वर्गको न्यायका विभिन्न विधामाथिको छलफलपछि काठमाडौँ घोषणापत्र जारी गरेको हो। 

    जलवायु संकटको सम्बोधनसँगै दिगो विकास लक्ष्य हासिल गर्न नागरिक समाज संगठन, सामाजिक आन्दोलन, ट्रेड युनियन र विश्वका विभिन्न भागहरूका व्यक्तिहरूको संयुक्त पहल र सहकार्यलाई पनि प्राथमिकतामा राख्नुपर्ने निस्कर्ष निकालेको छ। 

    त्यसैगरी महिला तथा सीमान्त र पछाडि पारिएका समूहको अधिकार प्राप्ति बिना जलवायु न्याय नहुने भन्दै त्यस जलवायु वित्तमा ती वर्गलाई प्राथमिकतामा राख्न विश्वको ध्यानाकर्षण गराइएको छ। 

    त्यसैगरी घोषणापत्रमा विश्वव्यापी वित्तीय प्रणालीको पुनःसंरचना गर्नुपर्ने आवश्यकता औँल्याईएको छ। 

    लोकप्रीय

    © 2026 All right reserved to climatenewsnepal.org  | Site By : sobij